धमाधम समातिन थाले दोहोरो नागरिकता बाहक

काठमाण्डु टुडे २०७९ साउन २८ गते ८:०७ मा प्रकाशित

काठमाण्डु, २८ साउन– राहदानी लिने क्रममा दोहोरो नेपाली नागरिकता लिने व्यक्ति धमाधम फेला पर्न थालेका छन् ।

राहदानी विभागमा राहदानी लिन गएका सेवाग्राहीको व्यक्तिगत तथ्याङ्क विश्लेषण गर्दा दोहोरो नागरिकता लिने व्यक्ति फेला परेका हुन् ।

विभागका महानिर्देशक सुरेन्द्रकुमार यादवका अनुसार विद्युतीय राहदानी लिनेको विवरण सही वा गलत हो भनेर परीक्षण गर्ने क्रममा दोहोरो नागरिकता लिने व्यक्ति भेटिएका हुन् ।

हालसम्म करिब एक सय जनाको दोहोरो नागरिकता फेला पारिएको छ ।

महानिर्देशक यादवका अनुसार विद्युतीय राहदानीका लागि आवेदन दिएपछि तोकिएको मितिमा फोटो खिच्ने र डिजिटल हस्ताक्षर गराउने कार्य (लाइभ इनरोलमेन्ट) गरिन्छ । गोरखापत्र दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us