सेयर बजारको पहिरो रोकिएन

काठमाण्डु टुडे २०७९ साउन २६ गते १६:१० मा प्रकाशित

काठमाण्डु, २६ साउन– सेयर बजार मापक नेप्से लगातार ओरोलो गालेको छ ।

नेप्से ओरालो लाग्ने क्रमले बिहीबार पनि निरन्तरता पायो । बिहीबार नेप्से परिसूचक १८.९६ अंकले घटेर २०३७.९२ बिन्दुमा पुगेर बन्द भएको छ ।

बिहीबार २ सय २३ सूचीकृत कम्पनीका १ अर्ब ७६ करोड १० लाख २३ हजार ३८ रुपैयाँ बराबरको सेयर खरिदबिक्री भयो । बुधबारको तुलनामा बिहीबार कारोबार रकममा पनि गिरावट आएको छ । हिमालयन हाइड्रोपावर सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३ ३३ रुपैयाँ ६० पैसा पुगेका छ ।

युनिलिभर नेपाल र बुद्धभूमी नेपाल हाइड्रोपावरको सेयर मूल्यमा सर्वाधिक गिरावट आएको छ । युनिलिभरको सेयर मूल्य ८।२३ प्रतिशत र बुद्धभूमीको सेयर मूल्य ७।५६ प्रतिशतले घटेको छ ।

कारोबारमा आएका १३ समूहमध्ये म्युचुअल फण्डबाहेक १२ समूहको परिसूचक घटेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us