
काठमाण्डु, २५ साउन– सेयर बजार मापक नेप्से लगातार ओरालो लागेको छ ।
साताको पहिलो दिन सामान्य अंकले बढेको नेप्से तीन दिन लगातार ओरालो लागेको छ । बुधबार नेप्से ५।९१ अंकले घटेर २०५५।८८ बिन्दुमा झरेको छ । नेप्सेसँगै मंगलबारको तुलनामा कारोबार रकम पनि घटेको छ ।
बुधबार १ अर्ब ९३ करोड बराबरको सेयर कारोबार भयो । मंगलबार ४५।४२ अंकले ओरालो लागेको सेयर बजारमा २ अर्ब ८१ करोड बराबरको सेयर कारोबार भएको थियो । बुधबार कारोबारमा आएका १३ समूहमध्ये ११ समूहको सूचक घट्यो भने दुई समूहको सूचक मात्र बढ्यो ।
बैकिंङ, ट्रेडिङ, होटल तथा टुरिजम, हाइड्रोपावर, फाइनान्स, ननलाइफ इन्स्योरेन्स, माइक्रो फाइनान्स, लाइफ इन्स्योरेन्स, म्युचुअल फन्ड अनय समूहको सूचक ओरालो लागेको हो ।
यसदिन हिमालयन हाइड्रो पावरको सेयर सर्वाधिक ९.९७ प्रतिशतले बढ्यो ।