सुनको सिक्री चोरेको आरोपमा एक युवा पक्राउ

काठमाण्डु टुडे २०७९ साउन २५ गते १४:५८ मा प्रकाशित

काठमाण्डु, २५ साउन– प्रहरी ले सुनको सिक्री चोरेको आरोपमा एक जना युवा लाई टोखाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका  ११ )घर भई हाल काठमाडौ महानगरपालिका(१६) बस्‍ने २६ वर्षीय ज्ञानेन्द्र सेन्चुरी रहेको प्रहरीले जानकारी दिएको छ ।

गत सोमबार दिउँसो सवा २ बजे टोखा नगरपालिका( ८) भुवनेश्वरी मन्दिर नजिक पैदल हिडिरहेकी ६१ वर्षीया महिलाको गलामा लगाएको सुनको सिक्री तानेर भाग्दै गरेको अवस्थामा प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले सेन्चुरीलाई पक्राउ गरेको हो ।

उनको साथबाट प्रहरीले सुनको सिक्री १ थान, दुई टुक्रा भएको सुनको सिक्री १ बरामद गरेको प्रहरी ले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us