बालाजु बाइपासको जुत्ता कारखानामा आगलागी

काठमाण्डु टुडे २०७९ साउन २५ गते १३:४२ मा प्रकाशित

काठमाण्डु, २५ साउन– काठमाण्डुको बालाजु बाइपासस्थित एक जुत्ता कारखानामा बुधबार भीषण आगलागी भएको छ ।

काठमाण्डु प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले औद्योगिक क्षेत्र, काठमाण्डु महानगरपालिका र भक्तपुर महानगरपालिकाको अग्नि नियन्त्रकको सहयोगमा आगलागी नियन्त्रणको प्रयास भइरहेको जानकारी दिए । आगलागीको कारण भने खुलेको छैन ।

आगलागीबाट लाखौंको क्षति भएको अनुमान गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us