१४३ किलो गाँजा बरामद

काठमाण्डु टुडे २०७९ साउन २५ गते १२:३१ मा प्रकाशित

काठमाण्डु, २५ साउन–  पर्साबाट सशस्त्र प्रहरीले १४३ किलो गाँजा बरामद गरेको छ । मंगलबार राति वीरगञ्ज महानगरपालिका २४ बहुअरीबाट गाँजा बरामदगरीएको हो  ।

पवनपुत्र पेट्रोल पम्पदेखि १५० मिटर उत्तरतिर बहुअरी चोकमा रोकी राखेको यूपी७५एम ४०८९ नम्बरको भारतीय मालबाहक ट्रकबाट प्रतिबन्धित लागुऔषध गाँजा बरामद भएको सशस्त्र प्रहरीले जानकारी दिएको हो ।

विशेष सूचनाको आधारमा गाँजा बरामद गर्न सफल भएका छन ।

खान तलासीको क्रममा सवारी चालक क्याविनमाथिको हुटमा बाकसमाथि सामान राख्ने खण्ड बनाएर लुकाएर भारततर्फ लैजान लागेको १० प्याकेट अर्थात १४३ किलो गाँजा बरामद भएको सस्शत्र प्रहरी नायब उपरीक्षक सन्तोषकुमार बस्नेतले जानकारी दिएका छन ।

बरामद गरिएको ट्रक र प्रतिबन्धित लागुऔषध गाँजा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको उपरीक्षक सन्तोषकुमार बस्नेतले जानकारी दिएका छन ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us