काँग्रेस सांसदको प्रश्नः एमालेले माओवादीसँग गठबन्धन गर्न हुने काँग्रेसले किन नहुने ?

काठमाण्डु टुडे २०७९ साउन २४ गते १८:१६ मा प्रकाशित

काठमाण्डु, २४ साउन– कांग्रेसकी सांसद महेन्द्रकुमारी लिम्बुले निर्वाचनमा गठबन्धन गर्ने पाँच दलीय सहमतिको विरोध नगर्न एमालेलाई चेतावी दिएकी छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा लिम्बूले आफूले गठबन्धन गर्दा ठीक, अरुले गर्दा बेठीक भन्ने तर्क नगर्न सचेत गराइन् । एमाले सांसदहरुले पााच दलीय गठबन्धन संविधानविपरीत रहेको भन्दै आपत्ति जनाउँदै आएका छन् । ‘गठबन्धन तपाईंहरुले गर्नुभएको हो पहिले ।

गठबन्धन गरेर मिलेर राष्ट्रपति विद्या भण्डारीलाई जिताउनुभयो, पछि पनि जिताउनुभयो’, उनले भनिन् । उनले माओवादीसँगको गठबन्धनबाट चुनाव जितेर धेरै पद लिएको भन्दै गठबन्धनको विरोध नगर्न आग्रह गरिन् । एमाले सांसदलाई धेरै नखोख्न चेतावनी दिँदै सांसद लिम्बूले भनिन्, ‘तपाईंहरुको आन्द्राभुँडी छर्लङ्ग देखिन्छ । नेकपा एमालेज्यूहरु हात्तीका दईटा दाँत देखाउने काम नगर्नुस् ।’

लिम्बुले आफू र एमाले अध्यक्ष केपी ओलीको निर्वाचन क्षेत्र एकै भएको बताइन् । ओलीको व्यवहारले उनी जनजाति, महिला र दलित समुदायको कट्टर विरोधी भएको आरोप लगाइन् । ओलीले झापामा बन्न लागेको आदिवासी जनजाति रंगशाला ओलीले खाइदिएको बताइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us