पश्चिम सेती र एसआर–६ जलविद्युत आयोजना भारतीय कम्पनीलाई

काठमाण्डु टुडे २०७९ साउन २३ गते २०:२५ मा प्रकाशित

काठमाण्डु, २३ साउन– ७ सय ५० मेगावाटको जलाशययुक्त पश्चिम सेती जलविद्युत् आयोजना र ४ सय ५० मेगावाटको एसआर–६ जलविद्युत आयोजना निर्माणका लागि भारतीय कम्पनी भारतीय कम्पनी एनएचपीसी इन्डिया लिमिटेडले पाएको छ ।

लगानी बोर्डको सोमबारको बैठकले ती दुई आयोजना निर्माणका लागि एनएचपीसी इन्डिया लिमिटेडलाई अध्ययन अनुमतिपत्र प्रदान गर्ने सम्बन्धी समझदारीपत्र स्वीकृत गरेको बोर्डका सिईओ सुशील भट्टले जानकारी दिए । बोर्डको गत २३ जेठको बैठकले त्यससम्बन्धी प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । चिनियाँ कम्पनी थ्री गर्जेजसँगको सम्झौता रद्ध भएपछि आयोजनाको भविष्य अन्यौलमा परेको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आएकै बेला सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी भए पनि तयारी नपुगेका कारण रोकिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us