नर्भिक अस्पतालको टहरा भत्काउन बालेन साहको निर्देशन

काठमाण्डु टुडे २०७९ साउन २३ गते १५:१२ मा प्रकाशित

काठमाण्डु, २३ साउन– काठमाण्डु महानगरपालिकाका मेयर बालेन साहले थापाथलीस्थित नर्भिक अस्पतालले निर्मण गरेको टहरा भत्काउन निर्देशन दिएका छन् ।

महानगरपालिकाका शहरी व्यवस्थापन विभाग प्रमुख सुरज शाक्यले साहको निर्देशनअनुसार सार्वजनिक सूचना जारी गर्दै २४ घण्टाभित्र उक्त टहरा हटाउन निर्देशन दिएका हुन् ।

टहरा नभत्काए नियमानुसार कारबाही गर्ने चेतावनी दिइएको छ ।  भर्निक अस्पतालले लिजमा लिएको एक रोपनी ८ आना सरकारी जग्गाको पश्चिमतर्फ सम्झौताविपरीत र नक्सा पाससमेत नगरी क्यान्टिनसहित संरचना निर्माण गरेको महानगरले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us