मेलिना राईद्वारा प्रेमी सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट तोडेको घोषणा

काठमाण्डु टुडे २०७९ साउन २० गते १८:०८ मा प्रकाशित

काठमाण्डु– गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँगको सम्बन्ध तोडेको घोषणा गरेकी छन् ।

उनीहरुबीच केही समयअघि विवाहका लागि इन्गेजमेन्ट भएको थियो । मेलिनाले सामाजिक सञ्जालमार्फत सञ्जिवसँग वैचारिक मतभेद देखिन थालेपछि सम्बन्ध तोड्ने निर्णय पुगेको उनले बताइन् । आफूहरुले भविष्यमा सँगै जविन बिताउने सोचका साथ इन्जेगमेन्ट गरेको र त्यो आफ्नो गम्भीर निर्णय भएको उनले उल्लेख गरेकी छन् ।

तर, इन्गेजमेन्ट विवाहमा परिणत हुनैपर्छ भन्ने बाध्यकारी नरहेको उनको प्रष्टीकरण छ । ‘समय छोटो भए पनि जिन्दगीको बारेमा लामो विमर्श भयो । हामीबीच वैचारिक रुपमा स्पष्ट मतभेद देखिन थाल्यो अर्थात् हाम्रो विचारमा मेल खान सकेन,’ उनले लेखेकी छन् ।

इन्गेजमेन्ट तोड्ने आफ्नो कदमबाट शुभचिन्तकमा पर्न गएको असरप्रति उनले क्षमा मागेकी छन् । मेलिना र सञ्जिवले गत २ वैशाखमा इन्गेजमेन्टको तस्वीर सार्वजनिक गरेका थिए । संगीत कर्ममै रहेका सञ्जिव गिटारिस्ट हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us