ह्वात्तै घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाण्डु टुडे २०७९ साउन २० गते १५:२६ मा प्रकाशित

काठमाण्डु, २० साउन–अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ह्वात्तै घटेको छ ।  कच्चा तेलको मूल्य रसिया–युक्रेन युद्धयताकै न्यून भएको हो ।

प्रतिब्यारेल एक सय २४ डलरसम्म पुगेको कच्चा तेलको मूल्य बिहीबार ९४ डलरमा झरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अमेरिकी बेन्चमार्कको रूपमा मानिने वेष्ट टेक्सासइन्टर मिडियट भने प्रतिब्यारल ८९ रुपैयाँसम्ममै कारोबार भइरहेको छ ।

तेल उत्पादकहरूको संस्था ओपेकले बुधबार मात्र सेम्टेम्बर महिनामा दैनिक एक लाख ब्यारलका दरले तेल उत्पादन वृद्धि गर्ने सहमति समेत गरेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आएसँगै भारतीय आयल कर्पोरेशन (आइओसी) ले दुईपटक गरी प्रतिलिटर ३२ रुपैयाँ घटाएर मूल्य सूची पठाए पनि नेपाल आयल निगमले पुरानो घाटा मिलान गर्नुपर्ने भन्दै मूल्य समायोजन गरेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us