नेप्सेमा सामान्य करेक्सन

काठमाण्डु टुडे २०७९ साउन १८ गते १६:३४ मा प्रकाशित

काठमाण्डु, १८ साउन– साताको चौथो कारोबार दिन बुधबार सेयर बजार मापक नेप्सेमा सामान्य गिरावट आएको छ ।

नेप्से ६।७१ अंकले घटेर २१८६।७७ बिन्दु कायम भएको छ । यसअघि मंगलबार नेप्सेमा १ अंकको गिरावट आएको थियो ।

नेप्सेसँगै कारोबारमा आएका अधिकांश उपसूचक घटेका छन् । व्यापार समूह, हाइड्रोपावर समूह र लघुवित्त समूहका उपसूचकमा भने झिनो वृद्धि भएको छ । नेप्से घटे पनि मंगलबारको तुलनामा कारोबार रकम भने बढेको छ ।

मंगलबार ३ अर्ब २९ करोडको कारोबार भएको बजारमा बुधबार ९५ लाख ४२ हजार ६ सय ७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २ करोड ९९ लाख ४ हजारको कारोबार भयो । कूल १ सय ८० कम्पनीको सेयर कारोबार भएकामा ९६ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । ७७ कम्पनीकोमूल्य घटेको छ । ७ कम्पनीको सेयरमूल्य भने स्थिर रह्यो ।

सामलिङ पावर कम्पनीको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशत र बलेफी हाइड्रोपावरको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर सर्किट लेभलमा कारोबार भयो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us