भारतले नेपाल पठाउने इन्धनमा भारी मात्रामा मूल्य घटायो

काठमाण्डु टुडे २०७९ साउन १६ गते १४:२६ मा प्रकाशित

काठमाण्डु, १६ साउन– भारतीय आयल कर्पोरेशन (आईओसी) ले पेट्रोलियम पदार्थमा भारी मूल्य घटाएर नयाँ मूल्य सूची पठाएको छ ।

अन्तराष्ट्रिय बजरमा इन्धनको मूल्य लगातार घट्दै गएपछि आइओसीले पनि नेपालका लागि मूल्य घटाएर नयाँ सूची पठाएको हो ।

आइओसीले सोमबार पठाएको मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ ८० पैसा र डिजेलमा प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा मूल्य घटेर आएको हो ।

यसअघि पनि आइओसीले पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेलमा प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटाएर पठाएको थियो । तर, अन्तर्राष्ट्रिय बजारमा सामान्य मूल्य हेरफेर हुँदा पनि नेपलमा मूल्य बढाइहाल्ने आयल निगमले मूल्य समायोजन गरेको छैन ।

निगम व्यवस्थापनले निगम अझै घाटामा रहेको बताउँदै आएको छ । निगमलाई सातामै करिब ७५ करोड नोक्सान हुने बताएको छ । निगमले नेपालमा पेट्रोल प्रतिलिटर १ सय ८१, डिजेल र मट्टितेल प्रतिलिटर १सय ७२ रुपैयाँ तथा खान पकाउने एलपी ग्यास प्रतिसिलिन्डर १ हजार ८ सय रुपैयाँमा बिक्री गदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us