साताको पहिलो दिन नेप्सेमा उच्च अंकको वृद्धि

काठमाण्डु टुडे २०७९ साउन १५ गते १६:५९ मा प्रकाशित

काठमाण्डु, १५ साउन– साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचकमा उच्च अंकले वृद्धि भएको छ ।

नेप्से साढे २ प्रतिशतभन्दा माथिले वृद्धि भएको हो । तीव्र उतारचढावबीच नेप्से ५४.५८ अंकले बढेर २१९५.१० बिन्दुमा पुगेको छ ।

वित्त कम्पनीबाहेक कारोबारमा आएका सबै कम्पनीका उपसूचक बढेको छ । बैंकिङ उपसूचक सर्वाधिक २.९२ प्रतिशतले वृद्धि भएको छ ।

नेप्सेसँगै कारोबार रकममा पनि सुधार आएको छ । १ करोड १३ लाख ३९ हजार ४ सय ७६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६० करोड ९७ लाख ९१ हजार बराबरको कारोबार भएको छ । कूल १ सय ८० कम्पनीको सेयर कारोबार भएकामा १ सय २६ कम्पनीको सेयर मूल्य बढेको छ ।

त्यस्तै ५१ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने ३ कम्पनीको स्थिर छ ।  ५ निर्जीवन बीमा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us