दोहोरो अंकले बढ्यो नेप्से

काठमाण्डु टुडे २०७९ साउन ११ गते १६:०६ मा प्रकाशित

काठमाण्डु, ११ साउन– सेयर बजार मापक नेप्से परिसूचक बुधबार दोहोरो संकले बढेको छ ।

मंगलबार उच्च अंकले घटेको सेयर बजार बुधबार २३.८३ अंकले बढेर २१११.९९ बिन्दुमा पुगेको छ । बुधबार कारोबारमा आएका व्यापारबाहेक सबै उपसमूहका सेयर मूल्य बढेको छ ।

कुल २ सय २७ कम्पनीको ५० हजार २ सय ९७ कारोबारबाट ७५ लाख ८ हजार १८८ कित्ता शेयर किनबेच भएको छ । बुधबार सेयर बजारमा ३ अर्ब १६ करोड १४ लाख ५५ हजार १ सय ४२ रुपैयाँ बराबरको कारोबार भयो ।

बुधबार जानकी फाइनान्स, यूनाइटेड मोदी हाइड्रो र राष्ट्रउत्थान लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

नेष्डो लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, यूनिभर्सल पावर, यूनियन हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी कमाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us