मौद्रिक नीतिको प्रभावः सेयर बजारमा लगातारको वृद्धि

काठमाण्डु टुडे २०७९ साउन ९ गते १५:५२ मा प्रकाशित

काठमाण्डु, ९ साउन– साताको दोश्रो दिन सोमबार पनि सेयर बजार परिसूचक नेप्सेमा उच्च अंकको वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति आएपछि दोश्रो दिन बजारमा हरियाली छाएको छ । यसअघि आइतबार आइतबार ६१.०५ अंकले बढेको बजार सोमबार ५४.४५ अंकले बढेर नेप्ससे परिसूचक २१३२.९६ बिन्दुमा पुगेको छ । दुई दिनमा बजार ११५.५ अंकले वृद्धि भएको छ ।

दुवै दिन कारोबार रकममा समेत वृद्धि भयो । सोममबार कूल २ सय १४ कम्पनीको ६४ हजार २ सय ३१ कारोबारबाट ९९ लाख ४४ हजार ४८ कित्ता सेयर किनबेच भयो ।

यस दिन ४ अर्ब १० करोड ६८ लाख १८ हजार ९४१ रुपैयाँको कारोबार भएको छ । सबै उपसमूहमा हरियाली छाउँदा विकास बैंक उपसमूहका सात कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो ।

नारायणी विकास बैंक, मल्टिप्रपोज फाइनान्स, सूर्योदय वामी लघुवित्त, ग्रिन डेभलपमेन्ट बैंक, युनाइटेड मोर्दी हाइड्रो, मानुषी लघुवित्त र बलेफी हाइड्रोको मूल्यमा सकारात्मक सर्किट लागेको हो । एक दर्जन कम्पनीको मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us