घरजग्गा धितोमा कडाई

काठमाण्डु टुडे २०७९ साउन ६ गते १७:५२ मा प्रकाशित

काठमाण्डु, ६ साउन– नेपाल राष्ट्रबैंकले घररजग्गा तथा सम्पत्ति धितो कर्जामा थप कडाई गर्ने नीति ल्याएको छ ।

आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति मार्फत केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाले घरजग्गा धितो राखी निश्चित प्रयोजन नखुलेका नयाँ अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कर्जा र सोको धितो सुरक्षणको फेयर मार्केट भ्यालू बीचको अनुपात अधिकतम ३० देखि ४० प्रतिशतमा सीमित गर्ने नीति लिएको हो ।

 

त्यस्तो व्यवस्था काठमाण्डु उपत्यकाभित्र अधिकतम ३० प्रतिशत र उपत्यकाबाहिर बढीमा ४० प्रतिशत कायम गर्नुपर्ने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us