सेयर धितो कर्जामा ४/१२ को सीमा खारेज

काठमाण्डु टुडे २०७९ साउन ६ गते १६:४५ मा प्रकाशित

काठमाण्डु, ६ साउन– नेपाल राष्ट्रबैंकले नेपाल राष्ट्रबैंकले सेयर धितो कर्जामा लगाउँदै आएको ४/१२ को सीमा हटाएको छ ।

आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले ४/१२ को नीति खारेज गरिएको घोषणा गरे । केन्द्रीय बैंकले सेयर धितो कर्जामा सामान्य हेरफेर गरेको छ । गभर्नर अधिकारीले यसअघि कायम सेयर धितो कर्जामा गरिएको ४/१२ को सीमामा सामान्य हेरफेर गर्दै १२ करोड मात्रै कायम गरिएको बताए ।

अर्थात् यसअघि सेयर धितो राखी एउटा संस्थाबाट ४ करोड र समग्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँ ऋण पाइनेमा त्यसलाई संशोधन गर्दै एउटा वा समग्र संस्थाबाट अधिकतम १२ करोड ऋण पाइने व्यवस्था गरिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us