आज मौद्रिक नीति आउँदै

काठमाण्डु टुडे २०७९ साउन ६ गते ८:०३ मा प्रकाशित

काठमाण्डु, ६ साउन– नेपाल राष्ट्रबैंकले आर्थिक वर्ष ०७९/८० को मौद्रिक नीति आज सार्वजनिक गर्दैछ ।

केन्द्रीय बैंकले अघिल्ला वर्षहरुमा झैं अपराह्न टेलिभिजनमार्फत मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो । त्यसपछि अनलाइनमार्फत पत्रकार सम्मेलन गर्ने तयारी छ ।

राष्ट्रबैंक प्रवक्ता गुणाकर भट्टले बिहान सञ्चालक समिति बैठक बसेर मौद्रिक नीति अनुमोदन गर्ने र दिउँसो सार्वजनिक गरिने बताए ।

गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिबारे बिहीबार अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनी र अर्थ मन्त्रालयसमेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई मौद्रिक नीतिबारे ब्रिफिङ गरेका थिए ।

देउवाले अगाडि बढ्न संकेत गरेपछि मौद्रिक नीति आउन लागेको हो । यसअघि प्रधानमन्त्रीलाई ब्रिफिङ गर्न नपाएका कारण मौद्रिक नीति आउन ढिलाइ भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us