सेयर बजारमा लगातारको वृद्धि

काठमाण्डु टुडे २०७९ साउन ३ गते १६:४७ मा प्रकाशित

काठमाण्डु, ३ साउन– मंगलबार पनि सेयर बजार मापक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ ।

नयाँ आर्थिक वर्ष सुरु भएपछि तेश्रो दिन लगातार सेयर बजार बढेको हो ।

मंगलबार नेप्से १६.२० अंकले बढेर २०४५.६३ बिन्दुमा पुगेको छ । सबै उपसमूह हरियाली हुँदा कारोबार रकममा पनि वृद्धि भएको छ । ५७ लाख १३ हजार २४८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब २९ करोड ९३ लाख बराबरको कारोबार भएको छ ।

यसअघि सोमबार १ अर्ब ३१ करोड ३० लाखको कारोबार भएको थियो । शिवम् सिमेन्टको सर्वाधिक १५ करोड ९८ लाखको कारोबार भएको छ ।

मंगरबार इमर्जिङ नेपाल लिमिटेडको सेयर मूल्य सर्वाधिक ८.०१ प्रतिशतले वृद्धि भयो । कूल १ सय ८० कम्पनीको सेयर कारोबार भएकामा १ सय ४६ कम्पनीको मूल्य बढेको छ धभने २९ कम्पनीको सेयरमूल्य घटेको छ । ५ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us