काठमाण्डु, ३ साउन–माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
दुई नेताबीच सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भेटवार्ता जारी छ । भट्टराईलाई जनता समाजवादी पार्टीले केही दिनअघि निष्काशन गरेको थियो । भट्टराई समूहले भने छुट्टै पार्टी गठनको तयारी गरेको छ ।
श्रोतका अनुसार भेटमा प्रचण्डले बाबुरामलाई माओवादी केन्द्रमा आउन आग्रह गरेका छन् । भट्टराई प्रचण्डको प्रस्तावमा सकारात्मक छन् । तर, उनले माओवाद र माओवादी नाम परिवर्तन गर्नुपर्ने सर्त राखेका छन् ।
समाजवादी पार्टी बनाउन तयार भए प्रस्तावबारे सोच्न सकिने जवाफ बाबुरामले दिएका छन् । ०७२ सालमा संविधान जारी भएपछि माओवादीबाट अलग भएका भट्टराईले नयाँ शक्ति पार्टी गठन गरेका थिए ।
नयाँ शक्तिलाई तत्कालिन संघीय सामाजवादी फोरममा मिसाएर बनेको जनता सामाजवादी पार्टीको उनी संघीय परिषद अध्यक्ष बनेका थिए ।