काठमाण्डु, २ साउन– नेपाल प्रहरीका ३४ प्रहरी निरीक्षक प्रहरी नायब उपरीक्षक डिएसपीमा बढुवा सिफारिस भएका छन् ।
बढुवा समितिको सोमबारको बैठकले ३४ प्रहरी निरीक्षकलाई डिएसपीमा बढुवा गर्न सिफारिस गरेको हो । एक नम्बरमा होमबहादुर थापाको नाम सिफारिस भएको छ ।
यस्तै दिपेन्द्रकुमार पाल, किरणप्रसाद न्यौपाने, केशरबहादुर कार्की र दुदिमाया लामाको नाम क्रमशः दोश्रो, तेश्रो, चौथो र पाचौं नम्बरमा छ ।
बढुवा सिफारिसमा पर्ने अन्यमा सन्तोषकुमार पोखरेल, महेश बस्नेत, देवबहादुर कुँवर, गोविन्द पन्थी, विजय कुँवर, भरतबहादुर शाह, खगेन्द्रप्रसाद रिजाल, भोजराज पाण्डे, फणिन्द्र रानाभाट, मदनबहादुर कुँवर, नारायणबहादुर श्रेष्ठ, रामबहादुर चन्द, मोहनबहादुर साउदलगायत छन् ।