त्रिभुवन विमानस्थल बाट सात महिनामा ४८० किलो अवैध सुन बरामद

काठमाण्डु टुडे २०७९ साउन १ गते १४:०१ मा प्रकाशित

 

काठमाण्डु, १ साउन-  त्रिभुवन विमानस्थल भन्सारले सात महिनामा हवाई यात्रुको साथबाट ४८० किलो अवैध सुन बरामद भएको। जसबाट विमानस्थल भन्सार कार्यालयले ४५ करोड ५८ लाख राजस्व असुली गरेको छ । झिटीगुन्टा सुविधाको दुरुपयोग गर्दै नेपाल आउने हवाई यात्रुले ल्याउने सुनमा कडाइ थालेको ७ महिनामै यस्तो तथ्या‌ंक सार्वजनिक भयको हो ।

विमानस्थल भन्सार कार्यालयका अनुसार सात महिना को अवधिमा यात्रुहरुबाट ४८० किलो अवैध सुन बरामद भएको छ । १३ मंसिरदेखि सुरु गरिएको योस्तो कडाइका क्रममा सुरुवाती दिनमा दैनिक २१ किलोसम्म सुन बरामद हुने गरेको र अहिले दैनिक एक किलो हाराहारीमा सुन बरामद हुने गरेको भन्सार कार्यालयले जानाकारी दियको छ ।

नियम अनुसार विदेशबाट नेपाल आउने यात्रुले काँचो सुन हकमा अधिकतम १०० ग्रामसम्म राजस्व तिरेर ल्याउन पाउँछन्न् । भने सुनको गहना को हकमा २५० ग्रामसम्म साथमा लगाएर आउन पाइने व्यवस्था छ।

१०० ग्राम भन्दा बढी काँचो सुन र २५० ग्राम भन्दा बढी सुनका गहना ल्याएको हकमा त्यस्तो सुन तथा सुनका गहना जफत गरी भन्सार कानुन बमोजिम कारबाही गर्ने व्यवस्था छ

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us