कालोबजारी नियन्त्रण गर्न स्रोतमै निगरानी

काठमाण्डु टुडे २०७९ असार ३० गते ७:३८ मा प्रकाशित

काठमाण्डु, ३० असार– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा बढ्दो महँगी र कालोबजारी नियन्त्रण गर्न श्रोतमा निगरानी बढाउन थालेको जनाएको छ ।

उत्पादक र ठूला आयातकर्ताले निर्धारण गर्ने मनलाग्दी मूल्यमा अनुगमन गरेर नियन्त्रण गर्न सकियो भने तल्लो तहमा धेरै हदसम्म बजारको हालको बेथिति अन्त्य हुने सोचका साथ स्रोतमै निगरानी बढाउन थालिएको विभागले जनाएको हो ।

‘यसअघि हुँदै आएको अनुगमनलाई निरन्तरता दिँदै आएका छौँ, अबको मुख्य अनुगमन मुहान सफाइमा केन्द्रित गर्ने तयारी गरेका छौँ । मुहानमा धेरै बेथिति रहेकाले यसको पूरै सफा गर्न समय लाग्छ तर सुरुआत गरेका छौँ’, विभागका महानिर्देशक लीलाप्रसाद शर्माले भने । गोरखापत्र दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us