काठमाण्डु, २९ असार– शेयर बजार परिसूचक नेप्से बुधबार ५९.५४ अंकले बढेको छ ।
नेप्से बढेर १९८६.८२ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स १२.४२ अंकले बढेर ३८१.३७ अंक काष्यम भएको छ ।
१२ वटै उपसूचक हरियाली हुँदा २ अर्ब ४ करोड ४४ लाख रुपैयाँ बराबरका सेयर कारोबार भएको छ । फाइनान्स समूहको उपसूचक सर्वाधिक ६.९६ प्रतिशतले बढेको छ ।
यस्तै विकास बैंक समूह ६.२५ प्रतिशतले, व्यापार समूह ५.३९ अन्य उपसूचक ४.७२, हाइड्रोपावर समूह ४.७१ र म्युचुअल फन्ड समूहको उपसूचक ४.१८, इन्भेष्टमेन्ट समूहको उपसूचक ३.८७, होटल तथा पर्यटन ३.७९, माइक्रोफाइनान्स समूहको उपसूचक ३.३१ प्रतिशतले बढेको छ । बुधबार तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
नेपाल फाइनान्स, रिलायन्स फाइनान्स र सीईडिबी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । ८ कम्पिनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा छ । शिवमको ९ करोड २ लाख ९५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस्तै एनआईसी एशिया बैंकको ८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।