धादिङ–काठमाण्डु सुरुङ मार्गको प्रगति ५६ प्रतिशत

काठमाण्डु टुडे २०७९ असार २२ गते ७:२१ मा प्रकाशित

काठमाण्डु, २२ असार– निर्माणाधिन नागढुंगासिस्नेखोला सुरुङमार्गको समग्र प्रगति ५६ प्रतिशत पुगेको छ ।

मंगलबार आयोजनाले प्रगति विवरण जारी गर्दै काठमाण्डु र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटर र निकासी सुरुङमार्ग २५ सय ५७ मिटर सुरुङ खन्ने काम पूरा भएको जनाएको छ ।

आयोजनाको भौतिक प्रगति ३९ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ४५.५ प्रतिशत र समग्र प्रगति ५६ प्रतिशत छ। मुख्य सुरुङमार्गको फिनिसिङ अर्थात् कंक्रिट लाइनिङको काम सुरु गरिएको आयोजनाले जनाएको छ ।

सुरुङ छेड्ने कामसँगै आयोजनाले कंक्रिट लाइनिङ (फिनिसिङ) को काम समेत तिव्रताका साथ अघि बढाएको हो । हालसम्म मुख्य, सहायक सुरुङ वर्किङ अडिट र क्रस प्यासेज गरी ५४ सय ९९ मिटर सुरुङ खन्ने काम सम्पन्न भएको प्रगति विवरण आयोजनाले सार्वजनिक गरेको छ ।

आयोजनाको अघिल्लो महिना कुल भौतिक प्रगति ३७ प्रतिशत थियो । कारोबार दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us