जसपा औपचारिक विभाजनको घोषणा हुँदै

काठमाण्डु टुडे २०७९ असार २१ गते ७:१५ मा प्रकाशित

काठमाण्डु, २१ असार– सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) औपचारिक रुपमा विभाजन हुने भएको छ ।

संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवबीच विवाद बढ्दै जाँदा पार्टी विभाजनको संघारमा पुगेको हो ।

भट्टराई र यादव यसअघि नै आपसी सहमतीमा पार्टी विभाजन गर्न सहमत भइसकेका छन् । सोही सहमतिअनुसार जसपा औपचारिक रुपमा विभाजनको घोषणा हुन लागेको हो ।

यादव समूहले केन्द्रीय समितिको बैठक २७ र २८ असारमा वीरगन्जमा बोलाएको छ । भट्टराई समूहले समेत केन्द्रीय कमिटीको विस्तारित बैठक २९ र ३० असारमा बोलाएको छ ।

सोही बैठकबाट जसपा औपचारिक रुपमा विभाजन हुने बताइएको छ । राजधानी दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us