बजेटमा दुई/चार घरानाका अनुहार देखिन्छः ओली

काठमाण्डु टुडे २०७९ असार २० गते १४:४३ मा प्रकाशित

काठमाण्डु, २० असार– एमाले अध्यक्ष केपी ओलीले आर्थिक वर्ष २०७९/८० को बजेटमा सीमित व्यापारिक घरानाको अनुहार देखिएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभामा सोमबार विशेष समय लिएर बोल्दै ओलीले बजेटमा दुई/चार घरानाको अनुहार देखिएको बताए । ओलीले निश्चित घरानालाई फाइदा हुने गरी बजेट बनाएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माको आलोचना गरे ।

‘बजेटमा दुई/चार घरानाको अनुहार देखिन्छ’ उनले भने, ‘यसरी अनुहार हेरेर निश्चित घरानालाई फाइदा हुने गरी अरुलाई फाइदा नहुने गरी बजेट किन बनाइयो ?’ ओलीले व्यापारिक घरानाका प्रतिनिधिका रुपमा केही अनाधिकृत मानिसहरु राखेर करका दर निर्धारण गरिएको आरोप लगाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us