अन्तर्घातीलाई चोख्याउने एमाले रणनीति

काठमाण्डु टुडे २०७९ असार २० गते ७:३४ मा प्रकाशित

काठमाण्डु, २० असार– एमालेले स्थानीय तहको निर्वाचन सकिएको दुई महिनापछि अन्तर्घात गर्ने नेता कार्यकर्तालाई कारबाही गर्न छानबिन समिति बनाएर औपचारिकता निभाएको छ ।

आइतबारको सचिवालय बैठकमा अन्तर्घात गरेका नेतारकार्यकर्ताले आगामी दिनमा पाठ सिक्ने गरी छानबिन समिति गठन गरेर एमालेले औपचारिकता निभाएको हो । संघ तथा प्रदेशको निर्वाचन नजिकिँदै गर्दा पार्टी नेतारकार्यकर्तालाई चिढ्याउने गरी कारबाही चाहिँ नगर्ने तर सचेत भने गराउने उद्देश्यले छानबिन समिति बनाएको बताइएको छ ।

स्थानीय तहको निर्वाचनको छानबिन गर्दा ललितपुर, पोखरा, काठमाण्डु, धरान, कैलालीलगायत विभिन्न पालिकामा थुप्रै नेतारकार्यकर्तामाथि निर्मम रूपमा कारबाही गर्नुपर्ने अवस्था रहेको भनी पार्टीमा चर्चा चल्ने गरेको छ ।

काठमाण्डु र पोखरा महानगरपालिकाका हकमा उम्मेदवारप्रति चित्त नबुझेकाले मत अर्कोतिर गएको अनुमान गरिएको छ । बुटवल, कैलालीलगायत स्थानीय तहमा पनि अन्तर्घात भएको भन्ने रिपोर्टिङ गरिएको छ । नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us