निजामती सेवा ऐन ल्याउने तयारी

काठमाण्डु टुडे २०७९ असार १९ गते ७:२२ मा प्रकाशित

काठमाण्डु, १९ असार– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले झन्डै तीन वर्षदेखि संसद्‍मै अड्किएको संघीय निजामती सेवा ऐन ल्याउने तयारी गरेको छ । संघीय निजामती सेवा निजामती सेवालाई निर्देशित गर्ने ऐन हो ।

अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा विधेयक संसद्बाट पारित गरी ऐनको रूपमा ल्याउने कार्यलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले बताए ।

उनले भने, ‘अहिले संसद् चलिरहेको अवस्थामा छिटोभन्दा छिटो यो विधेयक संसद्मा दर्ता गर्ने प्रक्रियामा जानेछौं । त्यसपछि संघीय निजामती सेवा ऐनलाई ल्याउनेछौँ ।’ नेपाल समाचारपत्र दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us