पूर्वएमाले संगठित गरेर वामदेव गौतमले बनाए नयाँ दल

काठमाण्डु टुडे २०७९ असार १४ गते १०:५० मा प्रकाशित

bamdev gautam काठमाण्डु, १४ असार– एमाले नेता वामदेव गौतमले नयाँ दल खोल्ने भएका छन् ।

नयाँ दल घोषणाका लागि गौतमले आज पत्रकार सम्मेलन गर्दैछन् । पछिल्लो समय गौतम नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका नाममा राजनीतिक गतिविधि गर्दै आएका छन् । गौतम अभियानको संयोजक थिए ।

नयाँ दल घोषणाका लागि अपराह्न ३ बजे राजधानीमा पत्रकार सम्मेलन आयोजना गरिएको अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले बताए ।

गौतम नेकपा विभाजनपछि पार्टी गतिविधिबाट अलग रहँदै आएका थिए । श्रोतका अनुसार गौतमको पार्टीमा अधिकांश पूर्वएमाले छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us