
काठमाण्डुृ, ३० जेठच– गायिका इन्दिरा जोशीले उनका प्रेमी शरद् केडियासँग मंगलबार लगनगाँठो कस्ने भएकी छिन् । एक वर्षअघि नै इन्गेजमेन्ट गरेका उनीहरुको विवाह जेठ ३१ गते हुने भएको हो ।
आइतबार सामाजिक सञ्जालमा विवाहको मिति तोकिएको कार्ड सार्वजनिक गर्दै उनले विवाह जानकारी दिएकी थिइन् ।
आइतबार नै उनको हल्दी कार्यक्रम आयोजना भएको थियो । परिवारका केही सदस्यको उपस्थितिमा आफ्नो हल्दी समारोह गरिएको र त्यो एकदमै राम्रो भएको उनले सामाजिक सञ्जालबाट जानकारी दिएकी छिन् ।