बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले सार्वजनिक गरिन् प्रेमी

काठमाण्डु टुडे २०७९ जेठ २५ गते १२:३० मा प्रकाशित

काठमाण्डु, २५ जेठ– बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले आफ्ना प्रेमी सार्वजनिक गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत् आफ्ना प्रेमी जाहिर इकबालसँगको सम्बन्धबारे सार्वजनिक गरेकी हुन्।
जुन २ मा सोनाक्षीको जन्मदिनमा जाहिरले सामाजिक सञ्जालमा सोनाक्षीसँगको एक भिडियो सेयर गरेक थिए। उक्त भिडियोको क्याप्सनमा उनले लेखेका छन्, ‘म तिमीलाई प्रेम गर्छु।’

यही पोस्टमार्फत उनीहरुले एकअर्कासँगको प्रेम सम्बन्धलाई सार्वजनिक गरेका हुन्। उक्त पोस्टको कमेन्टमा सोनाक्षीले पनि आफूहरुको सम्बन्धलाई पुष्टि गर्दै लेखेकी छिन्, ‘धन्यवाद, म पनि तिमीलाई प्रेम गर्छु।’

सोनाक्षीका प्रेमी जाहिर गहना व्यापारी पृष्ठभूमिका हुन्। उनी बलिउडका अभिनेता सलमान खानका नजिकका साथी इकबाल रत्नासीका छोरा हुन्। जाहिरले सन् २०१९ मा फिल्म नोटबुकबाट अभिनयमा पनि डेब्यु गरेका थिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us