कलाकार पल शाहको मुद्दामा सुनुवाइ जारी

काठमाण्डु टुडे २०७९ जेठ १९ गते १६:१८ मा प्रकाशित

काठमाण्डु, १९ जेठ– बलात्कार आरोपमा मुद्दा खेपिरहेका कलाकार पल शाहको साधारण तारेख मागसम्बन्धी निवेदनमा उच्च अदालतमा वहस सुरु भएको छ ।

न्यायाधीशद्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा दुवै तर्फका वकिलहरूले बहस गरिरहेका छन् । पल शाहको ५ जना र प्रतिवादीको तर्फबाट २ जना वकिलले बहस गर्दैछन् ।

१० चैतमा उनलाई पुर्पक्षका लागि जिल्ला अदालतले जेल चलान गरेको थियो । १५ चैतमा उच्च अदालतमा बाहिर बसेर मुद्दा लड्न पाउने माग गरी निवेदन दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us