
काठमाण्डु, १८ जेठ– आन्तरिक उडान गर्ने वायुयान कम्पनीहरूले विमानस्थलले दिएको उडान योग्य तालिका (फ्लाइट प्लान क्लियरेन्स) का आधारमा मात्र उडान गर्न पाउने भएका छन् ।
हवाई सेवाको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले अबदेखि उडान गर्ने विमानस्थल, बाटोको मौसम (इनरुट) र अवतरण गर्ने विमानस्थलबाट मौसमसम्बन्धी अनुमति लिएर मात्रै उडान अनुमति प्राप्त गर्ने निर्णय गरेको हो ।
साथै हेलिकप्टरमा दुई जना पाइलट अनिवार्य राख्नुपर्ने निर्णयसमेत ९प्राधिकरणले गरेको छ । एक इन्जिन भएका हेलिकप्टरको उडानको हकमा भने प्राधिकरणले तोके बमोजिमको अवस्थामा बाहेक दुई जना विमान चालक अनिवार्य गरेको छ ।
यदि एकल पाइलटबाट नै हेलिकप्टरको उडान गर्ने हो भने यसको शर्त केके हुने हो, त्यसको लागि समिति गठन भएको प्रवक्ता कर्णले बताए । कारोबार दैनिकबाट