नेपाली सेनाको पोशाक र गोली गठ्ठा नेपालमै बनाइने

काठमाण्डु टुडे २०७९ जेठ १० गते २२:३९ मा प्रकाशित

काठमाण्डु, १० जेठ– सरकारले नेपाली सेनाका लागि आवश्यक पोशाक, लत्ताकपडा र गोली गठ्ठाको उत्पादन स्वदेशमै गर्ने भएको छ ।

संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा सेनाका लागि आवश्यक लजिष्टिकको उत्पादन स्वदेशमै उल्लेख गरिने बताइएको छ ।

हाल विद्यालय सैनिक बम, बारुद तथा गोली गठ्ठासहित आवश्यक सामग्री उत्पादन उद्योगलाई विस्तार गरिने नीति तथा कार्यक्रममा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us