बुटवल,६ जेठ– एमाले नेता विष्णु पौडेलको वडाअध्यक्ष काँग्रेसले जितेको छ ।
पौडेलको वडा बुटवल उपमहानगरपालिका–८ को अध्यक्षमा काँग्रेसका यज्ञप्रसाद पंगेनी विजयी भए ।
पंगेनीले एमाले नगर कमिटी अध्यक्ष ज्ञानप्रसाद अर्याललाई ३५ मतले हराए । ०४८ सालदेखि उक्त वडामा एमालेले जित्दै आएको थियो ।