एमाले–जसपा गठबन्धनलाई हराउँदै गोखराको पालुङटारमा माओवादी विजयी

काठमाण्डु टुडे २०७९ जेठ ५ गते ७:०६ मा प्रकाशित

गोरखा, ५ जेठ– एमाले–जसपा गठबन्धनलाई पराजित गर्दै गोरखाको पालुङटार नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।
माओवादीले पालुङटारको मेयर र उपमेयर दुवैमा जित हात पारेको हो । पालुङटार जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको गृह नगर हो । पालुङटारको मेयरमा माओवादी केन्द्रका विवस चिन्तन ६ हजार ७२ मत ल्याएर विजयी भए । उनका प्रत्यासी जसपाका प्रेमबहादुर गुरुङ ५ हजार ७ सय १७ मत ल्याएर पराजित भए ।

काँग्रेसका दीपकबाबु कँडेलले जम्मा ४ हजार ९ सय ९७ मत पाए । कँडेल निवर्तमान मेयर हुन् । उपमेयरमा पनि माओवादी केन्द्रकै बन्दना पाण्डे विजयी भइन् । पाण्डेले ५ हजार ५ सय ७९ मत ल्याइन् ।

निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी चेतकुमारी श्रेष्ठले ५ हजार ७७ मत पाइन् । जसपाकी जसपा–एमाले गठबन्धनबाट एमालेकी पार्वती पाठकले ४ हजार २ सय ८१ मत प्राप्त गरिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us