केशव स्थापितभन्दा बालेन २ सय १६ मतले अगाडि

काठमाण्डु टुडे २०७९ वैशाख ३१ गते २३:१६ मा प्रकाशित

काठमाण्डु, ३१ वैशाख– काठमाण्डु महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहले अग्रता कायमै राखेका छन् ।

वडा नम्बर १, २, ३, ४ र ३२ नम्बर वडाको २ हजार २ सय ९० मत गणना हुँदा साह ७ सय ६८ मतसहित अगाडि छन् ।

बालेनलाई ५ सय ५० मतसहित एमालेका केशव स्थापितले पछयाइरहेका छन् । कांग्रेसकी सिर्जना सिंहले ४ सय २१ मत ल्याएकी छन् ।

चौथो स्थानमा रहेका राप्रपाका मदनदास श्रेष्ठ १ सय ५ र पाचौं स्थानका स्वतन्त्र उम्मेदवार सुमन सायमीले १ सय ४ मत पाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us