शिवपुरी गाउँपालिका अध्यक्षमा नेकपा एसका उप्रेती अगाडि

काठमाण्डु टुडे २०७९ वैशाख ३१ गते २२:४९ मा प्रकाशित

नुवाकोट, ३१ वैशाख– नुवाकोटको शिवपुरी गाउँपालिका अध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले अग्रता लिएका छन् ।

१ हजार २ सय २८ मत गणना गर्दा अध्यक्षमा एमाले उम्मेदवार पदम उप्रेतीले ४ सय ३३ मत ल्याएका छन् । काँग्रेस अध्यक्षका उम्मेदवार गोविन्द थपलियाले ३ सय ९९ तथा एमालेका जितेन्द्र विष्टले १ सय १० मत पाए ।

उपाध्यक्षमा माओवादी केन्द्रका वीरबहादुर तामाङले ४ सय ७७, काँग्रेसकी इन्दिरा खड्काले ४ सय १३ र एमालेकी मंगलामाया प्रजापतिले ९६ मत पाएकी छन् ।

वडा नम्बर–१ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार सुकराम तामाङ ४ सय ९१ मतसहित अगाडि छन् ।

उनलाई काँग्रेसका महेन्द्रराज खत्रीले ४ सय ७७ मतसहित पछ्याइरहेका छन् । शिवपुरीमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले चुनावी तालमेल गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us