काठमाण्डु महानगरको मतगणनाः बालेन अघिअघि, सिर्जना पछिपछि

काठमाण्डु टुडे २०७९ वैशाख ३१ गते १३:०९ मा प्रकाशित

काठमाण्डु, ३१ वैशाख– काठमाण्डु महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै छ ।

३ सय मतगणना हुँदा साह ७२ मतसहित अगाडि छन् । काँग्रेसकी सिर्जना सिंह ७० मतसहित बालेनलाई पछ्याइरहेकी छन् । तेस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ५९ मत ल्याएका छन् ।

राष्ट्रिय सभा गृहमा जारी मतगणनामा अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ र राप्रपाका मदनदास श्रेष्ठले ८ मत पाएका छन् ।

वडा नम्बर ३२ को २ सय र वडा नम्बर–१ को १ सय मत गणना भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us