
काठमाण्डु, ३१ वैशाख– ललितपुरको महांकाल गाउँपालिकाको मतगणना स्थगित भएको छ ।
मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएपछि मतगणना रोकिएको हो । वडा नम्बर–६ को मतगणना जारी रहँदा १५ मत मतदान अधिकृतको हस्ताक्षर नभएको भेटिएको हो ।
महाकांल माध्यमिक विद्यालय केन्द्रमा खसेको मतमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको भेटिएपछि दलका कर्याकर्ताले नाराबाजी गरेका थिए ।