ताजाकोटका दुई वडामा माओवादी विजयी

काठमाण्डु टुडे २०७९ वैशाख ३१ गते १२:२० मा प्रकाशित

हुम्ला, ३१ वैशाख– हुम्लाको ताजाकोट गाउँपालिका १ र ५ मा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

दुवै वडामा प्यानलसहित माओवादीले वडाअध्यक्ष जितेको हो । वडा नम्बर–१ मा मनलाल रिठालसहित र ५ मा मंगल नेपाली विजयी भएका छन् ।

रिठालले २ सय २३ र मंगलले ३ सय ७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us