रोल्पा नगरपालिकामा माओवादीको विजयी सुरुआत

काठमाण्डु टुडे २०७९ वैशाख ३१ गते १२:०४ मा प्रकाशित

रोल्पा, ३१ वैशाख– रोल्पाको एक मात्र नगरपालिका रोल्पा नगरपालिकामा माओवादी केन्द्रले विजयी सुरुआत गरेको छ ।

रोल्पा नगरपालिकाको वडा नम्बर–१ को अध्यक्षमा माओवादी केन्द्रका खुम थापामगर विजयी भएका छन् ।

थापामगर ८ सय ६ मतका साथ विजयी हुँदा काँग्रेस उम्मेदवार अतिराम कँवरले ३ सय २७ मत प्राप्त गरे ।

रोल्पा नगरपालिकाको मेयरमा यसअघि माओवादी केन्द्र निर्वाचित भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us