मनाङ ङिस्याङ गाउँपालिका अध्यक्षमा एमाले विजयी

काठमाण्डु टुडे २०७९ वैशाख ३१ गते ११:५४ मा प्रकाशित

मनाङ, ३१ वैशाख–मनाङको मनाङ ङिस्याङ गाउँपालिका अध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन् ।

एमालेका कान्छा घले ८ सय ६१ मतसहित अध्यक्ष निर्वाचित भएका हुन् ।

प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ ओङ्मा गुरूङले ७ सय १३ मत ल्याइन् । उपाध्यक्षमा भने स्वतन्त्र उम्मेदवार छिरिङ गुरूङ विजयी भए । उनले ७ सय ४४ मत ल्याए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us