काँग्रेस छाडेर स्वतन्त्र उठेका साहले मेयर जित्ने सम्भावना

काठमाण्डु टुडे २०७९ वैशाख ३१ गते ९:२५ मा प्रकाशित

जनकपुर, ३१ वैशाख– जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोज साहले अग्रता लिएका छन् ।

४ सय मतगणना सकिँदा साहले १ सय ३५ मत पाएका छन् । कांग्रेस नगर सभापति साहले सत्ता गठबन्धनप्रति विरोध जनाउँदै काँग्रेस छाडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

एमाले उम्मेदवार शिवशंकर साहले ४५ र स्वतन्त्र उम्मेदवार बलराम महतोले ३३ र सत्ता गठबन्धनका उम्मेदवार जसपाका लालकिशोर साहले २८ मत पाएका छन् ।

लालकिशोर यसअघि ०७४ को स्थानीय तह निर्वाचनमा जनकपुरको मेयर थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us