श्रीलंकामा कानून उल्लंघन गर्नेलाई गोली हान्ने आदेश

काठमाण्डु टुडे २०७९ वैशाख २८ गते १०:४२ मा प्रकाशित

काठमाण्डु, २८ वैशाख– श्रीलंकामा सरकार विरोधी प्रदर्शन रोक्न सुरक्षाकर्मीलाई कानून उल्लंघन गर्नेलाई गोली हान्ने आदेश दिइएको छ । इतिहासमै अहिलेसम्मकै खराब आर्थिक संकटलाई लिएर प्रदर्शनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामा माग गरिरहेका छन् ।

सोमबार गोटाबायका दाइ महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिइसकेका छन् । तर, पनि हिंसा रोकिएको छैन । सरकारले सार्वजनिक सम्पत्ति लुट्ने वा ‘जीवनमा हानि’ गर्ने जो कोहीलाई गोली चलाउन आदेश दिएको छ । राजधानी कोलम्बोका सडकहरूमा गस्ती गर्न दशौं हजार सेना, नौसेना र वायु सेनाका कर्मचारीहरू तैनाथ छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us