गायक प्रमोद खरेल कार दुर्घटनामा घाइते

काठमाण्डु टुडे २०७९ वैशाख १५ गते ११:०८ मा प्रकाशित

काठमाण्डु, १५ वैशाख– गायक प्रमोद खरेल गाडी दुर्घटनामा परेर घाइते भएका छन् । उनी सवार कार आज राति १ बजे तुल्सीपुरमा दुर्घटना भएको हो ।

गायक खरेल हिजो साँझ तुल्सीपुरमा हुने कार्यक्रममा सहभागी हुन नेपालगञ्ज अवतरण गरेका थिए । राति १ बजे होटल पुग्न १० मिनेटअघि आयोजकले चलाएको कार गम्भीर दुर्घटनामा परेको खरेलले जानकारी दिएका छन् । उनका अनुसार कार सडकको पर्खालमा बज्रिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us