मंगलबार पनि ओरालो लाग्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७९ वैशाख १३ गते ११:५६ मा प्रकाशित

काठमाण्डु, १३ वैशाख– साताको तेस्रो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । महासंघले सुनको मूल्य ९०० रुपैयाँले घटेर प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको जनाएको हो ।

हिजो सोमबार प्रतितोला १ लाख २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९०० ले घटेको महासंघले जानकारी दिएको छ । यस्तै, हिजो तेजाबी सुनको मूल्य ९९ हजार ७०० रुपैयाँ थियो ।

प्रतितोलाले ९०० रुपैयाँ घटेसँगै आज छापावाल सुनको मूल्य ९९ हजार ३०० रुपैयाँ छ भने तेजाबी सुनको मूल्य ९८ हजार ८०० रुपैयाँ छ । यसैगरी, आज चाँदीको मूल्य स्थिर कायम भएको छ । महासंघका अनुसार आज हिजोकै मूल्यमा चाँदीको कारोबार भइरहेको छ । जसअनुसार आज चाँदीको प्रतितोला मूल्य १३ सय ५० रुपैयाँ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us