सोमबार सुनचाँदीको मूल्य घट्यो

काठमाण्डु टुडे २०७९ वैशाख १२ गते ११:२४ मा प्रकाशित

काठमाण्डु, १२ वैशाख– साताको दोस्रो दिन सोमबार सुनचाँदी दुबैको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ३०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो । घटेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला एक लाख २०० रुपैयाँ र चाँदी एक हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला एक लाख ५०० रुपैयाँ र चाँदी एक हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुनको मूल्य पनि आज अघिल्लो दिनेको तुलनामा तोलामा ३०० रुपैयाँले नै घट्दै ९९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us